काठमाडौं, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।
हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ ।
थप २६ जनाको मृत्यु
नेपालमो बितेको २४ घण्टामा कोरोना भाईरसका कारण थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
उपत्यकामा मात्रै थपिए ३ हजार १०७ जना संक्रमित
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३१०७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ गरी कुल ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
COMMENTS