भारतीय गुप्तचर ‘रअ’ प्रमुख काठमाडौंमा

काठमाडौँ, ५ कात्तिक । भारतीय गुप्तचर विभाग ‘र’अुका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । स्रोतका अनुसार उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने बताईएको छ ।

रअका प्रमुख काठमाडौं आएको राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले पुष्टि गरे । उनका अनुसार यो औपचारिक भ्रमण नभई व्यक्तिगत वा धार्मिक भ्रमण हुनसक्ने बताईएको छ ।

भारतका सेनाध्यक्ष एमएम नरावणे नेपाल भ्रमणमा आउनुअघि अर्को सुरक्षा संस्थाका प्रमुख गोयलको नेपाल भ्रमणको मुख्य एजेन्डा के छ भन्ने सार्वजनिक गरिएको छैन । भारतीय दूतावासका एक उच्च अधिकारीले भने रअ प्रमुख काठमाडौं नआएको बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board