खुमलटारमा प्रचण्ड-नेपालबीच भेटवार्ता

काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार बुधबार बिहान प्रचण्ड निवास खुमालटारमा भएको भेटमा कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल भएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई सहकार्यका लागि प्रस्ताव समेत राखेको बताईएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच कर्णाली प्रदेशका विषयमा विवाद बढिरहेको छ। कर्णाली प्रदेश विवादबारे ओली र प्रचण्डले फरक-फरक धारणा बाहिर ल्याइसकेका छन्। गत कात्तिक २५ गते कर्णालीको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध ओली र नेपाल पक्षीय सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति