पुनर्निर्माण सम्पदा संरक्षणमा सरकारको ऐतिहासिक कदम : राष्ट्रपति

काठमाडौं, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पुनर्निर्माणमा सफपलता हात पारेको बताएकी छन् । सम्पदा पुनर्निर्माण र संरक्षणमा ऐतिहासिक उपलब्धी भएको बताएकी हुन् ।

रानीपोखरीको उद्घाटन समारोहमा बोल्दै भण्डारीले सरकारले पुनर्निर्माणमा सफपलता हात पारेको बताएकी हुन् । यसैबबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरेकी छन् । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी राष्ट्र चीनको सहयोगमा भएको हो ।

वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ गते पुनर्निर्माण शिलान्यास गरिएको थियो । अहिले रानीपोखरी र त्यहाँभित्र रहेको बालगोपालेश्वर महादेव मन्‍दिर पुरानै स्वरुपमा तयार भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board