कोरोना संक्रमणबाट निको भए पनि ३ महिनापछि फेरि संक्रमण हुन सक्छ !

काठमाडौं – कोरोना भाईरसबाट निको भए पनि लापरबाही गरे पुनः संक्रमण हुन सक्ने अनुसन्धानकर्ताहरले चेतावनी दिएका छन् । भारतका अनुसन्धानकर्ताले एकपटक कोरोना निको भए पनि लापरबाही गरे पुनः संक्रमण हुन सक्ने चेतावनी दिएका हुन् ।

बीबीसीले हिन्दिले उल्लेख गरे अनुसार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ९आईसीएमआर० का निर्देशकले उक्त चेतावनी दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आईसीएमआरका निदेशक डाक्टर बलराम भार्गवले भने, ‘अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार संक्रमणबाट मुक्त भएको ३ देखि ५ महिनासम्म शरीरमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी हुन्छ।’

तर यसपछि बिस्तारै त्यसको संख्या घट्दै जाने र फेरि संक्रमण हुन सक्ने उनको भनाइ छ। ‘यदि ९० दिभित्र व्यक्ति फेरि संक्रमित भयो भयो भने त्यसलाई पुनः संक्रमण भनिन्छ,’ उनले भने। उनका अनुसार विश्व स्वास्थ्य संगठनले ३० देशमा गरेको सोलिडारिटी ट्रायलको नतिजामा भारत सरकारले ध्यान दिइरहेको छ। उनले अगाडि भने, ‘ट्रायलको अन्तरिम रिपोर्टअनुसार कोरोना उपचारका लागि प्रयोग गरिएको रेम्डेसिभिर र हाइड्रोक्सिक्लारोक्किन प्रभाव खासै देखिएन, जति अपेक्षा गरिएको थियो।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board