कोरोना सङ्क्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

म्याग्दी, ५ कात्तिक । म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष आइसीयू मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो ।

गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board