पाँच वर्ष पाँच महिनापछि बिउँतियो रानीपोखरी,आज राष्ट्रपतिले उद्घाटन गर्दै

काठमाडौं, ५ कात्तिक ।  भूकम्पले भत्किएको ऐतिहासिक रानीपोखरी पुनर्जीवित भएको छ ।

भूकम्पले भत्काएको पाँच वर्षपछि पूर्ववत अवस्थामा पुगेको रानीपोखरी झकिझकाउ भएको छ । रंगरोगन, बत्ती जडान गरेर सिंगार पटार गरिएको रानीपोखरी पाँच वर्षपछि लोभलाग्दो भएको छ ।१८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेको रानीपोखरी राष्ट्रपति भण्डारीबाटै आजै उद्घाटन हुन लागेको हो ।

यसअघि गएको वैशाख १२ गते तथा संविधान दिवसका दिन असोज ३ मा समेत उद्घाटनको तयारी भए पनि कोरोनाका कारण काम प्रभावित हुन रानीपोखरी उद्घाटन हुन सकेको थिएन ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्‍न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

आज राष्ट्रपतिले रानीपोखरी उद्घाटन गरेसँगै सबैका लागि खुला हुनेछ । बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार यस वर्षको एक दिन भाइटीकामा खुल्ने छ ।

बगैँचा तथा पोखरीको सुरक्षामा केही समय रानीपोखरीमा सुरक्षाकर्मीसमेत खटाइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board