भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघ्यो

काठमाडौं, ५ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार ४२२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७६ लाख ४९ हजार १५८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ९२ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । ७ लाख ४० हजार ६५८ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ७१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९५० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति