आईपीएलमा राजस्थान रोयल्सको चौंथो जित, सुपर किङ्ग्स ७ विकेटले पराजित

काठमाडौं, ४ कात्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन र साम करणले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १÷१ विकेट लिए । जितसगै राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पा“चौं स्थानमा छ । १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board