नदीमा भेटियो बेपत्ता प्रहरी जवानको शव

धनगढी, ४ कात्तिक । झन्डै ६० घन्टापछि गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको शव फेला परेको छ। प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहका अनुसार असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर साउँदको शव भेटिएको हो ।

विक र साउँदको हत्या प्रहरीले तस्करहरूले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। घटनामा संलग्न भएको आशंकामा दर्जन बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यसअघि गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान सिंह राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनीहरूकोआइतबार बिहानदेखि खोजी थालिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति