प्रदेश १ का प्रदेश सांसदले लिएनन् दसैँ भत्ता


विराटनगर, ३ कात्तिक । कोरोना महामारीको बेला संघीय सांसदले दसैँ भत्ता बुझेको भन्दै आलोचना हुन थालेपछि केहि सांसदहरुले भने भत्ता फिर्ता गरिरहेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएसँगै काँग्रेस साँसदले दसैं भत्ता फिर्ता गर्ने भएका छन् ।

यस्तै, संघीय सांसद भत्ता विवादमा मुछिदा प्रदेश १ का सांसदले भने दसैँ भत्ता नलिने भएका छन् । भत्ता नलिएका कारण प्रदेश १ का सांसदहरु आलोचनाबाट जोगिएका छन् । प्रदेश १ का सांसदले यसअघि पनि दसैँमा भत्ता बुझेनन् र महामारीको समयमा सांसदले दसैँ भत्ताको माग पनि गरेनन् ।

प्रदेश १ प्रदेस सभा सचिवालयका अनुसार फजुल खर्च कटौती गर्ने निर्णय गरेको प्रदेश सरकारले दसैँमा सांसद र मन्त्रीलाई भत्ता दिने निर्णय नै गरेन् । सरकारले निर्णय नगरेका कारण दसैँमा सांसदलाई भत्ता वितरण नगरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board