थप २ हजार ९४२ संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो अवधिमा २ हजार ३२६ जना कोरोनाबाट निको भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेका छन् ।

यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८७५ जनाको भएको छ । आज थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् ।काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी कुल १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ ।

थप १२ जनाको मृत्यु
नेपालमा पछिल्लो ४ घण्टामा कारोनाबाट थप १२ जनाको मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको सरकारी तथ्यांमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति