अब सार्वजनिक यातायात चढ्दा ‘फेस सिल्ड’ अनिवार्य

काठमाडौं, २ कात्तिक । अव सार्वजनिक यातायात चढ्दा फेस सिल्ड अनिवार्य लगाउनु पर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ ।

अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले बताए । उनका अनुसार मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपनर्छ ।

विभगले यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विश्वास राखेको छ । विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। विभागले उक्त निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराईसकेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति