उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुग्यो

काठमाडौं, २ कात्तिक । पछिल्ललो समय काठमाडौं उपत्यकामा कोरोना भाईरस संक्रमणदर बढ्दो छ । स्वास्थय मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो । तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ।

हालसम्म कोरोना संक्रमितमध्ये २५ हजार ९७४ जनाले भने कोरोनालाई पराजित गरेका छन् ।
हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ। ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ।

हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार हालसम्म कोरोना भाईरस संक्रमणका कारण उपत्यकामा १ सय ५६ जनाको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति