रौतहटमा एक दम्पतीमाथि साङ्घातिक आक्रमण

रौतहट, २ कात्तिक । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।

उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए । राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो ।

आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रनाउ श्रेष्ठले घरमा चोर देखेर शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति