गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २ कात्तिक । गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी स्याङ्जामा ५ जना, तनहुँमा १५ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो।


सबैभन्दा धेरै संक्रमित नवलपरासीमा देखिएका छन्। त्यहाँका १९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएकाहरु गैडाकोट, कावासोती, देवचुली र मध्यविन्दुका रहेका छन्।

त्यसैगरी कास्कीको पोखरा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ।

गोरखामा तीन जना, तनहुँमा एक जना र लमजुङमा एकजनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति