किचनको चक्कुले गर्भवती महिलाको पेट काटेर बच्चा चोर्ने महिलालाई मृत्युदण्ड

अमेरिकामा ७० बर्षमा पहिलोपटक महिला बन्दीलाई संघीय मृत्युदण्ड दिइने भएको छ । लिसा मोन्टगोमेरी नामकी ती महिलाले सन् २००४ मा गर्भवती महिलाको हत्या गरेर बच्चाको अपहरण गरेकी थिइन् ।

मृत्युदण्डको सजाय पाएकी मोन्टगोमेरीलाई डिसेम्बर ८ मा उक्त सजाय कार्यान्वयन गरिनेछ । उनलाई घातक इन्जेक्सनमार्फत मृत्युदण्ड दिइदैछ ।

अमेरिकामा यसभन्दा अगाडि सन् १९५३ मा बोनी हेडी नामकी महिलालाई मृत्युदण्ड दिइएको थियो । उनलाई मिजौरीमा ग्यास च्याम्बरमा राखेर मृत्युदण्ड दिइएको थियो ।

सन् २००४ मा मोन्टगोमेरी कन्सासबाट मिजौरीमा कुकुरको बच्चा किन्न बोबी जो स्टीनेटको घरमा गएकी थिइन् । घरभित्र छिर्नासाथ उनले स्टीनेटको गला दबाइन् । स्टीनेट ८ महिनाकी गर्भवती थिइन् ।

सन् २००७ मा उनलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो । तर उनका वकिलले मोन्टगोमेरीलाई बच्चामा कुटपिटबाट मस्तिष्कमा क्षति पुगेको र मानसिक रुपमा बिरामी भएकाले मृत्युदण्ड दिन नहुने तर्क गरेका थिए ।

अमेरिकाको न्यायिक प्रणाली अनुशार अपराधको प्रकृति अनुशार राष्ट्रिय स्तरमा संघीय अदालतमा वा क्षेत्रीय स्तरमा राज्यका अदालतमा मुद्दा चलाइन्छ । केही अपराधहरुमा स्वत संघीय अदालतमा मुद्दा चलाउने प्रावधान रहेको छ ।

सन् १९७२ मा सर्बोच्च अदालतको एउटा निर्णयले अमेरिकामा मृत्युदण्डलाई गैरकानुनी बनाएको थियो । जस अन्तरगत सबै मृत्युदण्ड सम्बन्धी कानुनहरु रद्द गरिएको थियो ।

तर सन् १९७६ मा सर्बोच्चले राज्यहरुलाई मृत्युदण्डको कानुन पुनस्थापनाका लागि अनुमति दिएको थियो । पछि सन् १९८८ मा सरकारले कानुन पारित गरेर संघीय स्तरमा समेत मृत्युदण्ड कानुनी बनायो ।

सन् १९८८ देखि २०१८ सम्म ७८ जनालाई संघीय मुद्दामा मृत्युदण्डको फैसला सुनाइएपनि ३ जनालाईमात्र मृत्युदण्ड दिइएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board