भारतमा कोरोना: १ लाख १४ हजार संक्रमितको मृत्यु, ६५ लाख ९४ हजार ३९९ जना निको

काठमाडौं, २ कात्तिक । भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board