वीरगन्जको गणेश अपार्टमेन्टबाट २३ किलो सुन बरामद

पर्सा, १ कात्तिक । वीरगन्जको एक अपार्टमेन्टबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिशेष सुचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित रहेको श्रि गणेश एपार्टमेन्टको ३०३ नम्बर फ्लैट भारतिय निवासि अशोक सिन्हा बस्ने गरेको कोठाबाट भारि मात्रामा लुकाई छुपाई भणडारण गरि राखेएको सुन चाँदी प्रहरीले छापामारी बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक पन्तले जानकारी दिईन ।

पर्सा प्रहरीले बरामद गरेको सुनको बिस्कुट १३ गोटा , सुनको बिस्कुट मझौला ४६ पिस , सुनको बिस्कुट १०० ग्रामको १० पिस , सुनको गहानाहरु ६८१ ग्राम र चाँदीको गहना , थाल भाडा कुडा २ केजी रहेको प्रहरी उपरीक्षक पन्तले बताईन ।

विगत पाँच बर्ष देखि पर्सा जिल्लामा सुन चादी तस्करहरु सक्रिय भई कारोबार गर्दै आएपनि विगतका प्रहरी प्रमुखहरु पक्राउ गर्ने असफल रहेको थियो ।तर बर्तमान पर्सा जिल्ला प्रहरी प्रमुख पन्तले तस्करी सुन पक्राउ गर्ने सफल भएकि छिन् ।

सुन चाँदी ब्यसायी संघ पर्सा अध्यक्ष एवम सुन चादी बिशेषज्ञ निरज सराफले पक्राउ परेको सुन चादीँ सबै सक्कली रहेको बताउनु भएको छ ।

बरामद गरिएको सुन चाँदीको मूल्य अन्दाजि करिब २० करोड बराबर रहेको छ । थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई सुनसहित चाँदी जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) गंगा पन्तले जानकारी दिइन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति