पेरिसमा शिक्षकको शीर छेदन गरि हत्या

काठमाडौं, १ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शीर छेदन गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हान्नु परेको थियो ।

आक्रमणकारीको नाम खुलाइएको छैन ।फ्रान्सको सरकार र संसदले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेका छन् ।

ती शिक्षकले आफ्ना विद्यार्थीहरुलाई फ्रेन्च पत्रिका शार्लि एब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टन देखाएका थिए ।

त्यही कारण आक्रमण भएको हो वा अन्य कारण हो खुलेको छैन ।

फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेकरले ट्वीट गरेर शिक्षकको हत्या फ्रान्समाथि गरिएको आक्रमण भएको बताएका छन् ।

उनले यो आक्रमण आतंकवादी भएको टिप्पणी गरेका छन् ।

मृतकका परिवारमा समवेदना व्यक्त गर्दै शिक्षामन्त्री ब्लेकरले भनेका छन्, ‘इस्लामिक आतंकवादविरुद्धको लडाइँको जवाफ केबल एकता र दृढताबाट मात्र दिन सकिन्छ ।’

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए । घटनास्थल अवलोकन गरेपछि उनले क्राइसिस सेन्टर पनि बनाइएको छ ।

फ्रान्सको सांसदहरुले मौनधारण गर्दै मृतक शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

फ्रान्सको संसदले यस आक्रमणलाई ‘बर्बर आतंकवादी हमला’ भनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board