यी हुन् उत्कृष्ट प्रहरी घोषित भएकी प्रहरी जवान सविना खत्री

काठमाडौं, ३० असोज । प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ रानी विराटनगरमा ६५औँ प्रहरी दिवसको अवसरमा इलाम वसन्तपुरकी प्रहरी जवान सविना खत्री सर्वोत्कृष्ट प्रहरीको रुपमा आज पुरस्कृत भएका छन् ।

उनलाई साधना देवी श्रेष्ठको नाममा स्थापित अक्षय कोषबाट रु एक लाख राशीको पुरस्कार कोषका संस्थापक विक्रम श्रेष्ठले प्रदान गरे । सो अवसरमा प्रहरी परिवारका एसइई परीक्षामा उत्कृष्ट हुने ३६ जना छात्रछात्रालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गर्नुका साथै प्रदेश प्रहरी कार्यालय व्यवस्थापनमा उत्कृष्टता हासिल गर्ने प्रहरी जवान एवं अधिकृतलाई पनि पुरस्कृत गरियो ।

सो अवसरमा मुख्यमन्त्री शेरधन राईले गौरवपूर्ण इतिहास बनाएको नेपाल प्रहरीले मानवअधिकार रक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले आफ्नो पहिचान र परिचय झल्काउन सक्ने नेपाल प्रहरीले सीमित साधन स्रोतको बाबजुद पनि समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको बताउँदै राष्ट्रको साझा आँकाक्षा पूरा गराउन प्रहरी सङ्गठन सदैव क्रियाशील रहनुपर्नेमा जोड दिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी संगठन इमान्दार र अनुशासित ढङ्गले परिचालन हुनुपर्ने भन्दै प्रहरी सङ्गठनलाई सक्षम एवं दक्ष बनाउन प्रदेश सरकार गम्भीर छ भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति