विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

पाकिस्तान, ३० असोज । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् ।

स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको जनाइएको छ । सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटन पछि सवारी साधन पनि पुरै जलेर नष्ट भएको छ । घटनाका बारेमा थाहा पाउनासाथ प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board