कोरोना संक्रमणबाट २२ वर्षीय युवकको मृत्यु

काठमाडौं, ३० असोज । कोरोना संक्रमणका कारण सुर्खेतको वीरेन्द्रनगरमा थप एकजनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका २ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे मृत्यु भएको हो ।

कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको हो । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको बताईएको छ ।

आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका थिए ।

उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board