अक्षय कुमार अभिनित फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठ्यो

काठमाडौं, ३० असोज । सोसल मिडियामा अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म ‘लक्ष्मी बम’ बहिष्कारको माग उठेको छ । यो फिल्म दिवालीमा रिलिज हुँदैछ । फिल्ममा अक्षय कुमारले आसिफको भूमिका निभाइरहेका छन् । यस्तै कियारा आडवाणीले प्रियाको भूमिका निभाइरहेकी छिन् । फिल्ममा पात्रको नामलाई आधार बनाएर बहिष्कार गर्ने माग उठेको हो ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘के यो सही हो ? फिल्मको नाम के होला ‘लक्ष्मी बम’ र यो दिवालीको अवसरमा रिलिज हुनेछ र पात्रको नाम हुनेछ आसिफ र प्रिया । यी मानिसहरुले लभ जिहादलाई कि प्रोत्साहन दिइरहेका छन् । कुन प्रकारको कल्चरलाई प्रोत्साहन दिइरहेका छन् ? ‘लक्ष्मी बम’ को विरोध गर्नुहोस् । ’

फिल्ममा लभ जिहादको आरोप लागेको छ । हालै तनिष्कको एक विज्ञापनमा लभ जिहादलाई प्रोत्साहन गरेको आरोप लागेको थियो । अब यसपछि अक्षय कुमार र कियारा आडवाणीको आगामी फिल्म रडारमा आएको छ ।

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘लक्ष्मी बमको तर्फबाट म यो जान्न चाहन्छु कि किन फिल्मको पात्रको नाम राघवबाट फेरेर आसिफ गरिएको छ ?’यो फिल्म एक व्यक्तिमा आधारित छ जसलाई एक तेस्रोलिङ्गी भूतको छायाले समात्ने गर्छ । फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board