प्रहरी अधिकारीसहितको बैठकमा अचानक चल्यो गोली, एकको मृत्यु, केहि घाइते

भारत,३० असोज । भारतको उत्तर प्रदेशअन्तर्गत बलिया जिल्लाको दुर्जनपुर गाउंमा प्रहरी अधिकृतसहित उच्चस्तरका अधिकारीसहितको बैठक भइरहेका बेला अचानक गोली चलाइएको छ ।गोली लागेर एक जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार राशन कोटा निर्धारणका लागि भइरहेको बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका हुन् ।

गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर छ । गोली चलाउने व्यक्ति भने तत्काल भागेकाले उसको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ । घटनापछि उत्तर प्रदेश सरकारले स्थानीय रेवती पुलिस स्टेसन क्षेत्रका एसडीएम र पुलिस अफिसरलगायत धेरै प्रहरीलाई निलम्बन गरेको छ । यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी भएको बताइएको छ ।

त्यसपछि छनोट प्रक्रिया रोकिएको छ । धीरेन्द्रप्रताप सिंहले गोली चलाएका हुन् । गोली लागेर जयप्रकाश उर्फ गामा पाल गम्भीर घाइते भएका थिए । अस्पताल लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board