भक्तपुर इन्काउन्टर: प्रहरीले मानव अधिकारको गम्भिर उल्लंघन गरेको आयोगको निष्कर्ष

बागलुङ, ३० असोज । भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई मानव अधिकार आयोगले दोषी ठहर्‍याएको छ । भक्तपुर ईन्काउन्टरमा प्रहरीले मानव अधिकारको गम्भिर उल्लंघन गरेको निष्कर्ष आयोगले निकालेको छ ।

उक्त ईन्काउन्टरमा खटिएका महाशाखाका एक जना प्रहरी उपरीक्षक एसपी, प्रहरी नायब उपरीक्षक डीएसपी सहित ६ जनालाई कारबाही हुने आयोगका एक अधिकारीको भनाई छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

एक अधिकारीका अनुसार आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरीले २१ साउन २०७५ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न दुई जनामाथि गोली हानेको थियो ।

तत्कालीन महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भक्तपुरको डोलेश्वर जंगलमा दोहोरो भिडन्त भएपछि दुई जना अभियुक्त मारिएको प्रतिक्रिया दिएका थिए । तर, आयोगको छानविनले तमाङद्वयलाई घरबाट पक्राउ गरेर जंगलमा लगेर हत्या गरिएको पाइएको भनेको छ । यसबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको बताउँदै कारबाही हुने उल्लेख गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board