क्लिन फिड नीति लागु गर्ने निणर्यको नेपाल मिडिया सोसाइटीबाट स्वागत

काठमाडौं, ३० असोज । सरकारले कार्तिक सात गतेदेखि लागु गर्ने थालेको क्लिन फिड नीतिको नेपाल मिडिया सोसाइटीले स्वागत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले क्लिन फिड नीति लागु गर्ने निणर्यको मिडिया सोसाइटीले एक प्रेस विज्ञप्ती जारी गर्दै निर्देशनको स्वागत गरेको हो ।

नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (एक्युराव) र ब्रोडकास्टिग एशोशियशन अफ नेपाल (बान) ले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असोज २८ गते प्रकाशित क्लिन फिड नीति लागू गर्ने सम्बन्धमा जारी भएको प्रेस विज्ञप्ती तथा निर्देशनको स्वागत गरेको जनाएको हो ।

विगतमा पनि सरकारको तदारुकतामा विज्ञापन सम्वन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानुनी व्यवस्था गरेकोमा स्वागत गरिएको स्मरण गर्दै विज्ञप्तीमा स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवर्धन गर्ने जनाईएको छ । क्लिनफिडले परनिर्भरतालाई कम गर्न सघाउ पुग्ने जनाईएको छ । त्यसैगरी ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन अत्यावश्यक भएकाले सरोकारवाला सँस्थाहरुसँगको परामर्श लिएर, तथा विज्ञापन विधेयकमा रहेका अस्पष्टतालाई विज्ञापन नियमावलीबाट स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको औँल्याईएको छ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालको अन्तिम मन्त्रिपरिषद्को बैठक २०७३/४/७ मा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति