भारतमा थप ६० हजारमा कोरोना संक्रमण

काठमाडौं, ३० असोज ।  भारतमा थप ६० हजार जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति