रुसले बनायो कोरोना विरुद्धको दोस्रो भ्याक्सिन, तेस्रो भ्याक्सिन डिसेम्बरमा स्वीकृत हुनसक्ने

रुस,२९ असोज । रुसले नयाँ केरोना भाईरस कोभिड १९ भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको छ । पूर्व सोभियत बायोकेमिकल रिसर्च ल्याब भिक्टोर स्टेट भिरोलोजी एन्ड बायोटेक्नोलोजी सेन्टरमा विकसित ‘इपि भ्याक कोरोना’ नामक भ्याक्सिनलाई स्वीकृति दिइएको घोषणा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेका हुन् ।

यस भ्याक्सिनको सुरुवाती चरणको परीक्षणको डाटा अझै सार्वजनिक गरिएको छैन, तर अधिकारीहरुले परीक्षणका भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको अधिकारीहरुको दाबी छ । दुई महिनाअघिमात्रै स्पुतनिक पाँचौ नामक भ्याक्सिनले रुस सरकारबाट स्वीकृति पाएको थियो, परीक्षणकै क्रममा रहेको स्पुतनिक सार्वजनिक प्रयोगका लागि स्वीकृति पाउने विश्वको पहिलो कोरोना भ्याक्सिन हो । रुसी अधिकारीहरुले डिसेम्बरसम्म तेस्रो भ्याक्सिनले पनि स्वीकृति पाउनसक्ने बताएका छन् ।

स्पुतनिक पाँचैजस्तै यो नयाँ भ्याक्सिन पनि सरकारबाट स्वीकृति लिएपछि मात्रै तेस्रो चरणको परीक्षणमा जान लागेको हो । यसक्रममा भ्याक्सिन निर्माता भिक्टोर सेन्टरले ४० हजार व्यक्तिमा यो भ्याक्सिन परीक्षण गरिने जनाएको छ । त्यस्तै, अर्को एक अलग अध्ययनका दौरान ६० वर्षमाथिका १ सय ५० व्यक्तिमा परीक्षण हुनेछ ।

केवल ७६ जनामा परीक्षण गरिएकै भरमा स्पुतनिकले प्रयोगको स्वीकृति पाएको थियो । त्यसयता, रुसी वैज्ञानिकहरुले यस भ्याक्सिनको सुरुवाती अध्ययनको सकारात्मक डाटा सार्वजनिक गरेका छन् र अहिले ठूलो जनसंख्यामा यस भ्याक्सिनको तेस्रो चरणको परीक्षण चलिरहेको छ । पुटिनले मन्त्रिपरिषद् बैठकमा पहिलो र दोस्रो भ्याक्सिनको उत्पादन बढाउनैपर्ने बताएका छन् ।

पहिलो ब्याचअन्तर्गत, नयाँ भ्याक्सिनको झन्डै ६० हजार डोज चाडैं उत्पादन गरिने रुसी अधिकारीहरुले जनाएका छन् । रुसी अधिकारीहरुकाअनुसार यस भ्याक्सिनले साइन्थेटिक पेप्टाइड एन्टिजेन्स नामक भाइरसका अवशेषहरु प्रयोग गर्छ, जसले प्रतिरोधी प्रणालीलाई कोरोनाविरुद्ध आफ्नो रक्षा गर्न अभ्यस्त गराउनेछ ।

रुसले भारत, ब्राजिल र मेक्सिकोजस्ता ठूलो जनसंख्या बसोबास गर्ने देशहरुसहित अन्य धेरै देशमा स्पुतनिक पाँचौ बिक्री गर्ने सम्झौता गरिसकेको छ, पश्चिमा विश्लेषकहरु आफ्नो सफ्ट पावर उपयोग गर्न लागि रुसले भ्याक्सिन प्रयोगको प्रयास गरिरहेको बताउँछन् ।

विश्वमा कोरोनाबाट अति प्रभावित देशहरुमध्ये रुस चौथो स्थानमा पर्छ, यहाँ १३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । बुधबार यहाँ १४ हजार २ सय ३१ जनामा कोरोना संक्रमण देखियो, जो महामारी सुरु भएयताकै उच्च हो । यहाँ कोरोनाका कारण २३ हजारले ज्यान गुमाइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board