चाडपर्व विशेष सुरक्षा योजना कर्णालीमा तीन हजार बढी प्रहरी परिचालन

कर्णाली, २९ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व सुरक्षाका लागि तीन हजार ७८९ प्रहरी परिचालन गर्ने भएको छ । नेपालीको महान चाड दशैँ, तिहार, छठ पर्वका अवसरमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने भएको हो ।

प्रदेश प्रहरीसहित मातहतका जिप्रकाबाट निगरानी तथा सूचना सङ्कलनका लागि सादा पोशाकमा समेत गरी जम्मा तीन हजार ७८९ प्रहरी जनशक्ति खटाइएको प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

“सुरक्षा कार्ययोजनाअन्तर्गत सडक सुशासन सार्वजनिक यातायातका साधनको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी, लिडर स्पिड राडार गनलगायतका प्रविधिहरुको उच्चतम प्रयोग गरिनेछ”, प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आइपर्ने विपद्बाट बचाउन क्यूआराटी, रिजर्भ र उद्धार टोलीसमेतको व्यवस्था गरिएको छ ।”

त्यसैगरी खाद्यान्नलगायत अत्यावश्यक वस्तुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्था, पकेटमारी, चोरी, लुटपाट, गुण्डागर्दी र ठगी नियन्त्रण, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने गराउने बैंक, वित्तीय संस्था तथा आर्थिक कारोबार बढी हुने स्थानको सुरक्षा व्यवस्था गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति