थाईल्यान्डमा राजाविरुद्ध नाराबाजी, सङ्कटकाल घोषणा

थाईल्यान्ड – थाईल्यान्डमा प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरुद्ध अभूतपूर्व रूपमा नाराबाजी गरेका छन्। थाईल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न पाइँदैन तर प्रदर्शनकारीहरले भने नारावाजी गरेका छन् ।

अधिकांश समय विदेशमा व्यतीत गर्ने थाई राजाले जर्मनीबाट फर्किँदा विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा यसरी विरोध भएको बीबीसीले उल्लेख गरेको छ ।
अहिले थाई सरकारले देशमा शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न सङ्कटकालीन आदेश जारी गरेको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गरेका थिए। सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति