बहराइनका राजकुमारले गरे ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण

गोरखा, २९ असोज । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल चढेका छन् । उनले बिहीबार बिहान ६ बजेर १० मिनेटमा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ पुर्खा शेर्पाका अनुसार राजकुमार खलिफा शिखरमा पुगेको बताए । मनास्लु आरोहणका लागि राजकुमारसहितको टोली बुधबार आधारशिविर पुगेको थियो ।

सेभेन समिट ट्रेक्सले जनाए अनुसार आरोहण दलमा सुरक्षा टोली र नेपाल तथा हल्यान्डका आरोहण गाइडसहित ५० जनाभन्दा बढी सहभागी रहेका थिए । तिनमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने मिङ्मा शेर्पा र छाङदावा शेर्पा, अक्सिजनबिनै सगरमाथा चढ्ने कान्छा आरोही टासीलाक्पा शेर्पा, २४ पटक सगरमाथा चढेर कीर्तिमान बनाएका कामीरिता शेर्पा पनि थिए ।

सन् २०२० यता नेपालमा आठ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण भएको यो पहिलोपटक हो । यसअघि असोज १७ गते राजकुमारको टोलीले सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board