बागलुङमा सेना २०, प्रहरी १४ सहित ५१ जनामा कोरोना

बागलुङ, २९ असोज । गण्डकी प्रदेशमा थप ९७ जना कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार ६ जना महिला सहित ५१ जना बागलुङ जिल्लाका रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२८४ पुगेको हो । अध्यावधिक विविरण अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा बागलुङ जिल्लाको काठेखोला गाउपालिकाका २ पुरुष, तमानखोला गाउपालिका २ महिला र २ पुरुष, बागलुङ नगरपालिकाका ४जना महिला सहित ४१ जना पुरुष रहेका छन् । संक्रमित पुरुषहरु मध्ये नेपाली सेनाका २० जना र नेपाल प्रहरीका १४ जना रहेका छन् । संक्रमितहरु मध्य केहि कर्मचारी रहेको पनि बागलुङ नगरपालिकाका जन स्वास्थ्य निरिक्षक राम प्रसाद खनालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति