उपत्यकामा थपिए १४०३ संक्रमित

काठमाडौं, २८ असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देशभरमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ९४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार उनीहरुमध्ये ६७५ जनाको मृत्यु भएको छ भने आजसम्म ८० हजार ९४५ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २१७४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर ३६ हजार ३६७ संक्रिय संक्रमित छन् । तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१५४८ जना रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति