भारतमा भोलीबाट सिनेमा हल खुल्ने, यी हिट फिल्म चल्ने तयारी

बलिउड । कोरोना महामारीले बन्द रहेको फिल्म हल भारतका अधिकांश राज्यमा भोलीबाट खुल्ने भएको छ । करिब ७ महिना बन्द भएका हलहरु भोलीबाट संचालनमा आउँदैछन् ।

लामो समय बन्द रहेको हलमा अब कुन चलचित्र रिलिज हुन्छन् दर्शकको चासो बढेको छ । फ्रेस चलचित्रको अभाव हुँदा सुरुवातमा हल संचालकहरुले पुरानै चलचित्र चलाउने तयारी गरेका छन् । केही समय अगाडि भारतका चर्चित चलचित्र निर्माताहरुले हल खुलेपछि आफ्नो चलचित्र विना शुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।

हल खुलेपछि ‘तान्हाजी, शुभ मंगल ज्यादा सावधान, मलंग, केदारनाथ, थप्पड’ लगायतका चलचित्र चल्ने पक्का भएको छ । अब, नायक ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘वार’ पनि हलमा चल्ने भएको छ ।

केही स्थानमा नायक टाइगर श्राफको चलचित्र ‘बाघी ३’ चलाउने तयारी पनि भैरहेको छ । यस्तै, डिजिटल प्लेटफर्ममा रिलिज भैसकेका ‘दिल वेचरा, सडक २, शकुन्तलादेवी, खुदा हाफीज, गुञ्जन सक्सेना, गुलाबो सिताबो’ लगायतका चलचित्रलाई पनि हलमा रिलिज गर्ने तयारी गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board