जब चुनावी सभामै नाचे राष्ट्रपति ट्रम्प (भिडियो)

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला चुनाव प्रचार प्रसारमा व्यस्त छन् । उनी फेरि चुनाव जित्ने प्रयासमा छन् । उनीसँग डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले चुनाव लड्दैछन् । आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनावका कारण राजनीतिक गतिविधि अमेरिकामा यतिबेला चरम शिखरमा छ । अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति पदको चुनावका कारण राजनीतिक गतिविधि चरम शिखरमा छ ।

कोरोनाबाट स्वस्थ भएपछि, जब ट्रम्प चुनावी अभियानको लागि ओल्र्याण्डको स्यान्डफोर्ड पुगे, उनी भीडलाई देखेर छक्क परे । भाषण दिनका लागि मञ्चमा चढ्दै गर्दा उनले संगीतको तालमा आफूलाई नचाउन थाले । ट्रम्पलाई नाचेको देखेर उनका समर्थकहरू र भीडका मानिसहरू पनि नाच्न थाले ।

भीड ट्रम्पको नाचले उत्साहित भए तर ट्रम्पको आलोचक र विपक्षी पार्टीले ट्रम्पको यस्तो कदमलाई मन पराएनन् । विरोधीहरूले ट्रम्पको उक्त भिडियोको सामाजिक सञ्जालमा मजाक बनाएर उडाउन सुरू गरे र ट्रम्पलाई राम्रो र नराम्रो भन्न थाले ।

कोरोनाले नराम्ररी प्रभाव पारेको अमेरिकामा ट्रम्पको जुलुसमा सामाजिक दूरी कायम भएको थिएन । भीडमा उपस्थित धेरैजसो व्यक्तिले आफ्नो अनुहारमा मास्क पनि लगाएका थिएनन् । ट्रम्पले आफ्नो ६५ मिनेटको भाषणमा कोरोना भाइरसबाट निको भएपछि आफूमा अहिले बढी शक्तिशाली महसुस गरिरहेको बताएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board