आइफोन १२ सिरिजका एकसाथ चार फोन सार्वजनिक, मुल्य कति ?

काठमाडौं – एप्पलले एकसाथ चारवटा नयाँ आइफोन सार्वजनिक गरेको छ । एप्पल कम्पनीले आइफोन-१२ सिरिज सार्वजनिक गरेको हो । यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ।

आइफोनसँगै एप्पलले सुपथ मूल्यको नयाँ स्मार्ट स्पिकर होमपोड मिनीसमेत ल्याएको छ । एप्पलले सार्वजनिक गरेका नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी रहेका छन् ।

एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन् ।एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । यसमा ए१४ बायोनिक प्रोसेसर रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ ।

एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो आकारको आइफोन हो । यसमा ५।४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ भने आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ।

एप्पलले ल्याएको आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ भने आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ । दुवै आइफोनमा ए१४ बायोनिक प्रोसेसर छ । आइफोन १२ र १२ मिनीमा जस्तै प्रो र प्रो म्याक्समा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ । साथै यी दुई आइफोनमा लिडार स्क्यानर रहेको छ । यसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर खिच्न सहयोग गर्नेछ ।

आइफोन १२ प्रो र प्रो म्याक्स १२८, २५६ र ५१२ गिगाबाइट इन्टर्नल स्टोरेज गरी ३ वटा मोडेलमा उपलब्ध हुनेछन् । प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुआती मूल्य १०९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १२ को सूरुवाती मूल्य ७ सय ९९ डलर तथा आइफोन १२ मिनीको सुरुवाती मूल्य ६ सय ९९ डलर तोकिएको छ । त्यस्तै एप्पलको होमपोड मिनीको मूल्य ९९ डलर तोकिएको छ ।

कति होला मूल्य
सार्वजनिक गरिएका आइफोनको मूल्य ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ अमेरिकी डलरसम्म पर्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको मूल्यसूचि अनुसार आइफोन-१२ मिनीको ६ सय ४९ छ भने आइफोन १२ को ७ सय ९९ अमेरिकी डलरबाट सुरू हुनेछ। यस्तै आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः ९ सय ९९ अमेरिकी डलर तथा १ हजार ९९ डलरबाट सुरू हुनेछ। यी मोडलहरूमा स्टोरेज र सुविधा अनुसार मूल्य फरक पर्नसक्नेछ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board