महोत्तरीका कोरोना संक्रमित युवकको भक्तपुरमा मृत्यु

महोत्तरी, २८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा कोरोना सङ्क्रमणि एक जनाको मृत्यु भएको छ ।

पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवकको मङ्गलबार भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । ति युवकलाई असोज २२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २३ गते कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि गम्भीर भएका उनको मंगलबार अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । उनी मिर्गौला रोगबाट पिडित थिए । महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति