बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

काठमाडौं २८ असोज । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमण भएपछि उनी सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति