बुधवार विहानै थप ३ जना संक्रमितको मृत्यु

काठमाडौं, २८ असोज । बुधवार विहान थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।

उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटु रोगीसमेत रहेको डा. गौतमले बताए ।

मोरङ– मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२ : २० बजे मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सुनसरी–सुनसरीको धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दै आएका धरान १५ का ६२ वर्षीय पुरूषको आज बिहान ५ :४५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताले बताए ।मृतक वृद्ध कहिले संक्रमित थिए भन्ने केही खुलेको छैन । योसंगै धरानममा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board