भारतमा ७२ लाखभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौ, २८ असोज । भारतमा थप ६३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ५१७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ९८ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् । ८ लाख २७ हजार ८६० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति