बुटवलमा उपचारत थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल,२७ असोज । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताललका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए । उनमा ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई मुटु र उक्त रक्तचापको समस्या रहेको पनि अस्पतालले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति