काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । कर्णाली प्रदेशका बहुसङ्ख्यक सांसद मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रचण्ड-ओलीबीच अहिले बालुवाटारमा छलफल भईरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघिसारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने बताईएको छ ।
ओलीलाई प्रचण्डले विवाद सल्ट्याउन आग्रह गरिसकेका छन् । ओलीनिकट नेताहरूले पनि अहिले विवाद चर्काउने बेला नभएको र अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया