कर्णाली प्रदेश विवादः दुवै पक्षले बोलाए बैठक

काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका छन् । शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

बैठकमा प्रदेशका नेकपाका ३३ सदस्य नै आफूले बोलाएको बैठकमा सहभागी हुने शाहले बताए । मुख्यमन्त्रीज्यूमाथिको अविस्वास प्रस्तावमाथि दलको बैठकमा छलफल हुनेछ । मुख्यमन्त्री शाहीले आफूलाई कारबाही गर्नु गैरसंवैधानिक भएको उहाले आरोप लगाए ।

उनले मुख्यमन्त्री आफू कमजोर भएपछि आफूलाई हटाएको भन्दै प्रमुख सचेतकबाट हटाउनु गैरसंवैधानिक र गैरकानुनी भएको दाबी गरे । त्यस्तै नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति