सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न दिने, सिमा नाका र अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय

काठमाडौं, २७ असोज । सरकारले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो।

अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए। भाडा भने दोब्बर लिदैँ आएका थिए। दर्शैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति