अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमण मुक्त

काठमाडौं, २७ असोज ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीले स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्प संक्रमणको १२ दिनपछि संक्रमण मुक्त भएको बताएका हुन् ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । डा. कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको रिपोर्ट नेगेटिभ आएको र अरुमा संक्रमण नफैलाउने उल्लेख छ ।

कोरोना भाइरसबाट मुक्त भएका ट्रम्प चुनावी अभियानमा सामेल भएका छन् । उनले फ्लोरिडाको सनफोर्डमा चुनावी सभालाई सम्बोधन गरेका छन् ।

उनले आफू ‘इम्यून’ भएको र अब भाइरसले आफूलाई आक्रमण गर्न नसक्ने बताएका छन्। अब आफूले अंकमाल गर्ने ट्रम्पले बताएका छन् ।

कोरोना भाइरसलाई आफूले पराजित गरेको र सबैले पराजित गर्ने दाबी ट्रम्पले गरेका छन् ।

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनी तीन दिनसम्म अस्पताल बसेका थिए । ट्रम्पसँगै उनको वरपरका शीर्ष अधिकारीहरु पनि संक्रमित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board