धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङ, २६ असोज । धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । बिहान तीन बजे थाक्रे गाउँपालिका(१ ढांडे सिम्लेमा बसमा आगो लागेको हो ।

ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

उनका अनुसार बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ। आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति