काठमाडौं, २५ असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै देशभरमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार यो अवधिमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको सरकारी तथ्यांमा उल्लेख छ । प्रवक्ता गौतमका अनुसार उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको छ।
थप २२ जनाको मृत्यु
नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २२ जनाको ज्यान गएको छ । आइतवार अपराह्णसम्म थप २२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ६३६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया