आइपीएल टी–ट्वान्टी क्रिकेटमा पञ्जाबको चौथो जित

काठमाडौं, २५ असोज । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले चौथो जित निकालेको छ ।

आबुधाबीमा शनिबार भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकाताले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । राहुलले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा अग्रवालले ५६ रन बनाए । यस्तै निकोलस पुरनले १६ तथा ग्लेन म्याक्सवेल १० रन बनाए । कोलकाताविरुद्ध पन्जाब जित नजिक पुगेर पनि पराजित भयो । अन्तिम २ ओभरमा २० रन आश्यकता पर्दा मात्र २ विकेट गुमाएको पन्जाबले १८औं ओभरमा कप्तान राहुलसहित २ विकेट गुमाउँदा ६ रन मात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक परेकोमा थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।कोलकाताका प्रशिद्द कृष्णले ३ विकेट लिए । सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।कोलकत्ताका लागि कप्तान दिनेश कार्तिक र सुबमन गिलले अर्धशतकीय इनिङ्स खेले । कप्तान कार्तिकले ५८ रन जोड्दा गिलले ५७ रन बनाए ।जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाब भने ७ खेलमा २ अंक जोडर पुछारमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board