प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना पुष्टि, नगरपालिकाका बन्द

सिरहा, २४ असोज । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

नगरपालिकाका अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको बताए । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति